You are viewing the translated version of बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार.
Section 46
बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार
(१) विश्वविद्यालयले गरेको अनुसन्धान, आविष्कार, उत्पादन वा अन्य कुनै आधारमा प्राप्त गर्ने बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार प्रचलित कानून बमोजिम विश्वविद्यालयमा सुरक्षित रहनेछ।
(२) उपदफा (१) बमोजिम विश्वविद्यालयमा संलग्न रही अनुसन्धान, आविष्कार, उत्पादन वा अन्य कुनै आधारमा प्राप्त गर्ने बौद्धिक सम्पत्ति आर्जनमा संलग्न अनुसन्धानकर्ता वा अन्य व्यक्तिलाई पहिचान वा पुरस्कार वा तोकिए बमोजिम रोयल्टीको केही हिस्सा उपलब्ध गराउन सक्नेछ।